विश्व

बलिउड अभिनेता ऋषि कपूरको निधन

१८ बैशाख, काठमाडौैँ
बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ। उहाँको आज ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई हिजो मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । कपुरलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनका दाजु रणधीर कपूरले सञ्चार माध्यमलाई बताउनुभएको थियो ।
 
अमेरिकामा झन्डै एक वर्ष जति क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किनुभएको थियो । कपूरको निधनमा अभिनेता अमिताभ बच्चनले आफू विछिप्त भएको ट्विट गर्नुभएको छ । यसअघि हिजो बलिउड अभिनेता इरफान खानको पनि निधन भएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button