विश्व

धारा ३ सय ७० हटाउनु देशबासीको चाहाना भएको भारतीय प्रधानमन्त्री मोदीको दाबी

काठमाडौं । भारतले बिहिबार आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले संविधानको धारा ३ सय ७० हटाउने आफ्नो कदमको बचाउ गर्दै हरेक देशबासीले चाहेको काम गरेको उल्लेख गरेका छन् ।
७० बर्षको अवधिमा हरेक सरकारले केही न केही प्रयास गरेपनि राम्रो परिणाम नआएपछि नयाँ शीराबाट आफुले काम गरेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।
उनले जम्मू–कश्मीर र लद्दाखका नागरिकको सपना पूरा गर्नु आफ्नो दायित्व रहेको दाबी गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले आफुले सपथ लिएको दश हप्ताभित्र तीन तलाकको कानुन बनाएको, आतंकबादसँग जोडिएको कानुनमा संशोधन गरि मजबूत बनाएको, किसानहरुलाई ९० हजार करोड रुपैंया बाँडेको, किसान र व्यापारिका लागि पेन्सनको व्यवस्था गरेको लगाएतका सरकारी उपलब्धिका बारेमा चर्चा गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button