विश्व

उत्तर कोरियाली ब्यालेष्टिक मिसाइलको काम गरेको दाबी

काठमाडौं । उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको अमेरिकी सञ्चार माध्यमहरुले दाबी गरेका छन् । उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले उत्तरले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको बताएका हुन ।
अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए । तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ ।
गत जुनमा सिंगापुर शिखर वाता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो । उत्तर कोरियाले पछिल्लो ९ महिना यता कुनै पनि आणविक परिक्षण गरेको छैन भने केही परीक्षण स्थल नष्ट गरेको दाबीसमेत गरेको छ ।

nema
Show More

Related Articles

Back to top button