विश्व

अमेरिकामा जासुसी गरेको आरोपमा एक रुसी महिला पक्राउ

काठमाडौं, साउन १ । अमेरिकामा जासुसी गरेको आरोपमा एक रुसी महिला पक्राउ परेकी छिन । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा मारिया बुटिना नाम गरेकी महिला पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
 
अमेरिकी सन्चारमाध्यमहरुका अनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरेकी थिइन ।उनले रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरेको अमेरिकी सरकारी अधिकारीको दाबी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्तापछि नै मारिया पक्राउ परेकी हुन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button