समाचारविश्व

इरानमा आत्मघाती बम हमला, २७ गार्डको मृत्यु

काठमाडौं । इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना सुरक्षा गार्डको ज्यान गएको छ । आक्रमणमा अन्य २० जना घाइते भएका छन् ।

इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए ।

सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ ।

सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ ।

जैश अल–अद्ल समुहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ ।

इरानको सरकारले भने यो घटनालाई पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँग जोडेको छ ।

विदेशमन्त्री मोहम्द जवाद जरिफले एक ट्वीट गर्दै ‘वार्सामा सर्कस सुरु हुने दिन नै इरानमा आतंकवादी हमला हुनु संयोग मात्र नभएको टिप्पणी गरेका छन् । ९एजेन्सी०

nema
Show More

Related Articles

Back to top button