समाचार

सुदुरपश्चिम प्रदेशसभा बैठक स्थगित

१४ जेठ,काठमाडौैँ
प्रमुख प्रतिक्षि दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी को अवरोधपछि सुदुरपश्चिम प्रदेश सभाके बैठक स्थिगित गरिएको छ । आज बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल साढे ११ बजे उपस्थीत भएका थिए । हिउँदे अधिवेसनमा सीमा विवाद सम्बन्धित संकल्प प्रस्ताव दर्ता गरेको र उक्त प्रस्ताव अहिलेसम्म पनि नल्याएको भन्दै बैठक अवरुद्ध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारि दिनुभएको छ ।
आफूहरुले दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभामा नल्याएसम्म सदन चल्न नदिने उहाँले चेतावनी समेत दिनुभएको छ । प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले भोली बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

nema
Show More

Related Articles

Back to top button