समाचारनेपाली कांग्रेस

नागरिकका समस्या समाधान गर्न सरकार असफल भएको कांग्रेस नेता पौडेलको दाबी

दाङ, असोज ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकका समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले वर्तमान सरकारको विकल्प नखोजेको स्पष्ट पारे ।
कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सही मार्गमा डोर्‍याउनुपर्ने आवश्यकता रहेको नेता पौडेलको भनाई छ ।
सरकार बरालिँदै गएको भन्दै उनले कांग्रेसले सच्याउनमात्र खोजेको उल्लेख गरे ।
सरकारका कारण नागरिकमा चरम निराशा उत्पन्न भएको उनको भनाइ छ ।
हरेक परिवर्तनमा नेपाली कांग्रेसले अगुवाइ गरेको स्मरण गर्दै नेता पौडेलले कांग्रेसलेमात्रै नागरिकका मुद्दा हल गर्ने जिकिर गरे ।
कांग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको दाबी पनि उनले गरे ।
उनले आफू मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने भन्दै पार्टी बलियो बनाउनमात्रै आफ्नो ध्यानकेन्द्रित रहेको स्पष्ट पारे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button