समाचारनेपाली कांग्रेस

कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेला शुक्रबार सकिँदै

२९ चैत, काठमाडौैँ÷ नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुक्रबार समापनि हुँदैछ । पोखरामा बिहिवारदेखि सुरु भएको सम्मेलनमा पार्टीको आर्थिक स्रोतको ब्यवस्थापन, पार्टीले गरेका पछिल्ला कामको समिक्षा, सरकारका काम र निर्णय तथा त्यसबारेमा पार्टीको धारणा लगायतका विषयमा छलफल हुने कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिए ।
पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ । सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गर्नेछ ।

nema
Show More

Related Articles

Back to top button