समाचारनेपाली कांग्रेस

कांग्रेस र फोरमका सांगठनीक संरचना समायोजन गर्ने निर्णय

१३ असार, काठमाडौैँ÷नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक आज बसेको छ । पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बसेको हो ।
बैठकले २०७५ मंसिर २८–पौष ८ सम्म काठमाण्डौंमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट सहभागी भएका २०० जना महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई निर्देश दिने निर्णय गरेको छ ।
यस्तै उपसभापति विजयकुमार गच्छदारद्वारा चैत्र २८, २०७५ मा प्राप्त तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५४६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई देहाय बमोजिमको समितिबाट दुई हप्ताभित्र छानविन गरी निर्णय सहित केन्द्रमा पठाउन निर्देशन ससेत दिएको बताइएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहेका छानविन समिति गठन गर्ने तयारी गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारबाट तोकिएका प्रतिनिधि सदस्य रहने ब्यवस्था मिलाइएको छ ।
साथै बैठकको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सभापतिले गर्ने सहमति समेत भएको छ ।

nema
Show More

Related Articles

Back to top button