समाचार

पूर्व सभामूख तारानाथ रानाभाटलाई मातृशोक

पूर्व सभामूख तारानाथ रानाभाटलाई मातृशोक
२३ असार २०७७, मंगलबार,
पूर्व सभामूख एवं नेपाली काँग्रसका पुर्व महामन्त्री श्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उहाँकी आमा एव प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको आज बिहान ८ः५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो ।उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको जन्म १९७७ असोज महिना विजयादशमीको दिन भएको थियो । उहाँको स्वर्गारोहण २०७७ असाढ २३ गते भएको हो । सामाजिक र राजनितीक रुपमा समेत क्रियाशिल उहाँको नेपाली काँग्रेस पार्टीमा अतुलनिय योगदान रहेको छ । उहाँका छोराहरु खिमादेवी रानाभाट , खिलेन्द्र रानाभाट , देवेन्द्र रानाभाटर सुरेन्द्र रानाभाट हनुहुन्छ ,भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहनुभएको छ । यस दुःखद घडीमा विपी विचार राष्ट्रिय समाजले स्वर्गिय आत्मा प्रति चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक संवेदना गर्दछ ।शोक वक्तव्यमा भनिएको छ । विपी विचार राष्ट्रिय समाजका सभापति श्री कुलबहादुर गुरुङ र सहसभापति श्री गोविन्दराज जोशीले संमवेदना दिनुहुदै दिवङ्गत आत्माले चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा संवेदना दिनुभएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button