breakingसमाचार

चीनबाट ल्याइएको १७५ नेपालीको रगत र खकारको नमुना संकलन

४ माघ, काठमाडौैँ÷ चीनबाट ल्याइएका एक सय ७५ जना नेपालीको रगत र खकारको नमुना सङ्कलन भएको छ । कोरोनाको सङ्क्रमण भए नभएको जाँच गर्नको लागि अहिले नमुना सङ्कलन भएको हो । सङ्कलन गरिएको नमुना टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने सरकारको तयारी छ ।
क्वारेन्टाइनमा राखिएकाहरुको नमुना नियमित परीक्षण गर्ने जनाइएको छ । चीनबाट विशेष विमानमा आइतबार बिहान ३ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्य सामान्य पाइएपछि खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइन लैजानुअघि त्रिभुवन विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल फर्कन आवेदन दिएका एक सय ८५ जनामध्ये ६ जनालाई ज्वरो आएको पाइएको र चार जनाले नेपाल फर्कन अस्वीकार गरेका कारण उनीहरु १० जनाबाहेक अन्यलाई नेपाल ल्याइएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
एक सय ७० जना विद्यार्थीसहित दुई जना बालबालिका, दुई जना पर्यटक र एक जना कामदार नेपाल ल्याइएको हो ।

nema
Show More

Related Articles

Back to top button