समाचार

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल र चीनबीच आज भिडियो कन्फरेन्स हुने

७ फागुन, काठमाडौैँ÷ कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदान प्रदान गर्न आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा दुई देशका स्वास्थ्य अधिकारीहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेपालका तर्फबाट सम्वादमा स्वास्थ्यका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागि हुने बताइएको छ । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ । के के सामान जरुरत पर्छ भन्ने विषयको लिस्ट तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button