समाचारनेपाली कांग्रेस

नीति तथा कार्यक्रमबारे देउवाको प्रतिक्रिया-स्पष्टिकरणमात्र आयो


७ जेठ, कामाडौं । सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी नेपाली कांग्रेसले टिप्पणी गरिरहनु नपर्ने निबन्धको संज्ञा दिएको छ ।
राम्रा र मीठा कार्यक्रम अघि सारिए पनि कार्यन्वयनको योजना नभएको टिप्प्णी कांग्रेस नेताहरुले गरेका छन् ।
नीति तथा कार्यक्रम सुनिएर बाहिरिदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरवहादुर देउवाले टिप्पणी गर्नुपर्ने केही नरहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम स्पष्टिकरण जस्तो लागेको प्रतिक्रिया दिए ।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरु ल्याइएको बताए । तर कार्यान्वयनको पक्ष आएको र बजेट प्रस्तुत नभई केेही भन्न नसकिने प्रतिक्रिया गच्छदारले दिए ।
कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने नीति तथा कार्यक्रमलाई मिठो निबन्धनको संज्ञा दिए ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए । ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधाभासपूर्ण रहेको बताए ।
भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा आइदिएको भए राम्रो हुने बताए । उनले यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको भन्ने प्रश्न गरे ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताए । यसको कार्यन्वयनको पक्ष नहेरी अहिलेनै केही भन्न नसकिने उनले बताए । संविधान संशोधनको कुरा नआउँदा आफूहरुलाई खल्लो लागेको महतोले प्रतिक्रिया दिए ।

२०७५ जेठ ७ गते १९:२० मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button