समाचार

केन्याको बारबाट १२ जना नेपाली युवतीहरु पक्राउ

केन्या÷ केन्याको रंगीला बारबाट १२ जना नेपाली युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ । केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिलाबारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरु सहित बार सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने गोप्य राखिएको छ । नेपाली युवतीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म पुगे भन्नेबारेमा जानकारी नभएको केन्या प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button