समाचार

प्राकृतिक विपदबाट ५ सय २९ जनाको मृत्यु

२९ साउन, काठमाडौैँ÷मुलुकका विभिन्न स्थानमा पछिल्ला चार महिना यता भएको प्राकृतिक विपदबाट ५ सय २९ जनाको मृत्यु भएको छ । झन्डै दुई अर्ब रुपैयाँ बराबरको धनमाल क्षति भएको गृहमन्त्रालयले जनाएको छ । भारी वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको हो । बाढी पहिरो र डुबानबाट मात्रै चार महिनाको अवाधिमा ३ सय जनाको ज्यान गएको छ भने १ अर्ब ९९ करोड १ लाख मूल्य बराबरको धनमालको क्षति भएको छ । प¥याप्त पूर्व तयारी अभावमा पछिल्लो समय प्राकृतिक विपत्तीबाट जनधनको क्षति हुने क्रम बढ्दै गएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार चार महिना यता प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भएका छन् । घटनामा परी ८८ जना अझै बेपत्ता छन् भने २ हजार २ सय ८७ सर्वसाधरण घाइते भएका छन् । बिपत्तीबाट ४ हजार १ एक सय ९४ जना घरबारबिहिन भएका छन् ।

nema
Show More

Related Articles

Back to top button