नेपाली कांग्रेससमाचार

पूर्वमन्त्री जोशीले गरे ३ बर्षे डिप्लोमा कक्षाको शुभारम्भ

तनहु, १३ भाद्र ०७५÷ पुर्व मन्त्री गोविन्दराज जोशीले पशु विज्ञान ३ वर्षे डिप्लोमा कक्षाको शुभारम्भ गरेका छन् । भानु नगर पलिका वडा नं ११ मानेचौकामा रहेको श्री त्रीभुवन माध्यमिक विद्यालयमा बुधवार ३ बर्षे डिप्लोमा कक्षाको शुभारम्भ गरेका हुन ।
विद्यालय संचालक समितिका अध्यक्ष नवराज श्रेष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीले प्राविधिक शिक्षाको अध्यापन वाट यस क्षेत्रको आर्थिक विकाशमा समेत ठुलो टेवा पु¥याउने बताए ।
 

समारोहमा शिक्षा कार्यालय तनहुका उप सचिव सूर्य क्षत्रीले एैतिहाशिक महत्व वोकेको मानेचौका वजारमा स्थापित विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनले यस क्षेत्रका अहिले सम्म प्राविधिक शिक्षा अध्ययन गर्ने खाचो पुरा भएको उल्लेख गरे ।
 

सोहि कार्यक्रममा नेपाल महिला संघकि केन्द्रिय सदस्य चिनु पोखरेलले विद्यालयले गुणतमक शिक्षा दिन सकेमा यस क्षेत्रका मात्र नभै देशकै विकासमा ठुलो सहयोग पुग्ने जिकिर गरिन ।सभारोहमा वक्ताहरुले प्राविधिक शिक्षाको महत्व वारे प्रकाश पारेका थिए । हाल उक्त विद्यालयमा कृषिवाली विज्ञानमा ४० जना र पशु विज्ञानमा ४० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button