समाचार

मन्त्रीपरिषद बैठक आज बस्दै

३ चैत, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आव्हान गर्नुभएको हो । चिकित्सकले मिर्गौला प्रत्यारोपणपछि सामान्य अवस्थामा आउनका लागि छ महिना लाग्ने भनिरहदा प्रधानमन्त्री ओलीले भने हिजो नै सार्क मुलुकका सरकार प्रमुखहरुको बैठकमा भिडियो सम्बोधन गर्नुभएको थियो । आजको बैठकमा कोरोना भाइरस विरुद्ध प्रधानमन्त्री ओलीले निर्देशन दिन सक्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएर बिहीबार बालुवाटार फर्किनु भएको थियो । प्रधानमन्त्री ओली बिरामी भएर अस्पताल भर्ना भएपछि मन्त्रीपरिषदको बैठक बस्न सकिरहेको थिएन ।

nema
Show More

Related Articles

Back to top button