समाचार

मूल्यवृद्धिको मतियार आपूर्ति मन्त्रालय र सरकार ः ज्योति बानियाँ

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले मूल्यवृद्धिको मतियार आपूर्ति मन्त्रालय र सरकार रहेको आरोप लगाउनुभएको छ । काठमाडौँमा रहेको एक रेडियोसंग कुरा गर्दै ‘मन्त्रालय र व्यापारीको मिलेमतोमा कृत्रिम अभाव र कालोबजारी भएको आरोप लगाउनुभएको हो । मूल्यवृद्धि रोक्ने जिम्मा आपूर्ति मन्त्रालयको भएको र तर मन्त्रालय बजार अनुगमन नगरी व्यापारीका पक्षमा लागेको बानीयाको जिकिर छ ।
 
बजेट भाषणलगत्तै बजारभाउ करिब १५ प्रतिशत बढेको छ । अहिले सरकारी पक्षबाट बजारमा हस्तक्षेप नभए एक महिना अवधिमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने उपभोक्ता मञ्चका अध्यक्ष बानीयाको अनुमान थियो । तर भ्याट नलाग्ने वस्तु महँगो हुनु नपर्ने उहाले बताउनुभयो । बजेटका नाममा नाजायज फाइदा उठाउदै धमिलो पानीमा माछा मार्ने काम भएको बानीयाको आरोप छ ।
बजेटको बहानामा व्यवसायीले जथाभावी मूल्यवृद्धि गरी ‘कृत्रिम महँगी’ सिर्जना गरेका छन। आफूखुसी मूल्यवृद्धिले उपभोक्ता मारमा परे पनि सरकार र सम्बन्धित निकायबाट नियन्त्रण र कारबाहीका लागि चासो देखाइएको छैन। बजेट सार्वजनिक गरिएको भोलिपल्टैदेखि व्यापारीले चामल, तरकारीजस्ता कर नबढाइएका वस्तुको भाउ अत्यधिक बढाएका छन्।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button