समाचार

कोरोना नियन्त्रणमा सेना परिचालन गर्न कर्णाली सरकारद्धारा केन्द्रसँग अनुमति माग

१४ जेठ, काठमाडौैँ
कर्णाली प्रदेश सरकारले रोकोना भाइरस रोकथामका लागि सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् ।
हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ । ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button