समाचार

भोलिबाट देशभर झरी ,काठमाडौंमा आज सामान्य वर्षाको सम्भावना

 बाह्रखरी

काठमाडौं । काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले पानी पर्ने र रोकिने क्रम जारी छ । काठमाडौंका केही स्थानमा बिहानैबाट पानी परिरहेको छ ।श्रेष्ठका अनुसार भोलिबाट काठमाडौंसहति पुनः देशभर निरन्तरको झरी सुरु हुने छ ।  विभागका अनसार आज प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।  अन्य स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ । सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै विभागले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Back to top button