समाचारवी पी विचारनेपाली कांग्रेस

नेपाली काँग्रेसका पूर्व सह–महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका सह–सभापत्ति गोविन्दराज जोशीले देश बासीको नाममा दिनुभएको शुभकामना सन्देश यसप्रकार रहेको छ ।

प्रेस वक्तव्य
 
काठमाडौ, असोज ३०
 
विजया दशमी २०७७ को पावन अवसरमा सर्व प्रथम स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनीहरू तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । कोभिड–१९ को सङ्क्रमणले ग्रस्त विश्वबाट नेपाल पनि अछुतो रहेन । यस दुःखद् घडीमा आएको यो महान् चाडका अवसरमा केवल दुःखमा दुःख मिसाउनु सिवाय  मसँग अरू विकल्प छैन । त्यसैले शुभकामना मार्फत् तपाईंहरूसँग यो दुःखको हातेमालो मात्र गरेको हुँ । यस्तो दुःखद् घडीमा पनि आफू केही नगर्ने र अरूलाई पनि केही गर्न नदिई बाटो छेक्ने काङ्ग्रेसको दुष्ट र स्वार्थी नेतृत्वको पीडामा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई साथ दिन नसक्ने हैसियतले आज काङ्ग्रेसको सान, मान र सम्मान समेत स्वाहा भएको छ । यस्तो अवस्थामा पनि काङ्ग्रेस नेतृत्वको सुध्रिने कुनै सम्भावना नदेख्दा  काङ्ग्रेसका तमाम कार्यकर्ताहरू र उनीहरूबाट आशा लिएका आम नागरिकहरू मर्माहत भएका छन् र हुनु पनि स्वाभाविकै हो । झनै काङ्ग्रेसको नेतृत्व स्वार्थी, पदलोलुप र निकम्मा भइदिदा आज पार्टिको सिद्धान्तमानै विचलन आएको मैले भनिरहन पर्दैन । यसको कारण आज त्यसमा आश्रित नेपाली जनता अझै मर्माहत भएका छन् । यस्तो परिस्थितिमा समयमै सोच्न नसके हाम्रो सान, मान र सम्मानमा अझै क्षति हुने र काङ्ग्रेसका कार्यकर्ताहरूले ठूलो क्षति व्यहोर्नेुपर्ने प्रायः निश्चित छ ।
स्थानीय निकाय, सङ्घीय र प्रदेशको निर्वाचन नजिकिदै छ  । विगतको सङ्घीय, प्रदेश र स्थानीय निकायहरूमा भएको टिकट वितरणबाट यी दुष्टहरूप्रति विश्वास गर्ने कुनै आधार र कारण छैन । माहामानव वी. पी. कोइरालाले भन्नुभएको कांग्रेसका कार्यकर्ताहरुले प्रजातन्त्रको पुनस्थापना पछि फेरी एक पटक सुकिला मुकिलाहरुवाट कांग्रेसलाइ मुक्ती दिलाउन पार्टि भित्रै आन्दोलन गर्नु पर्ने अवस्था सृजना हुनेछ भन्नु भएको दिन आइ सकेको मैले महसुस गरेको छु । त्यसैले फेरी एकपटक सवै  निष्ठावान र अपहेलित पिडित अपमानित भएर वस्नु भएका कांग्रेस नेता तथा कार्यकर्ताहरु पुन पार्टिलाइ सहिवाटोमा हिडाउन  एक पटक पार्टि भित्रै आन्दोलनमा अग्रणि भुमिका निर्वाह गर्नु पर्ने समय आएको छ । त्यसकालागी  कोरोना सङ्क्रमणबाट देशले छुटकारा  पाउना साथ आफ्नो टिकट आफै लिऔं भन्ने कार्यक्रमका साथ जनताका वास्तविक प्रतिनिधिहरू सबैतहमा स्थापित गराउन र राम्रा व्यक्तिहरू सबै तहमा जीताऊ भन्ने अभियान लिएर म सबै जिल्लामा उपस्थिति हुने अठोट गरेको छु । मेरो उपस्थितिमा  आगामी सबै तहको निर्वाचनमा पार्टिको टिकट किन्न नसक्ने र कांग्रेस नेतृत्वको निकट नातामा नपरी चुनाव लडन वाट वन्चित हुनु पर्ने अवस्था वाट मुक्ती पाउन जनताको मान, सान र सम्मान कायम राख्ने प्रतिनिधिहरूको तय गरी सबै तहमा इमान्दार व्यक्तिहरू विजयी गराउने मेरो अभियानमा सबै पीडित र अपमानीत काङ्ग्रेस नेता तथा कार्यकर्ताहरू र सबै नेपाली दाजुभाइ दिदी–बहिनीहरूको साथ र सहयोग मिल्ने छ भन्ने विश्वास मैले लिएको छु । यो विजया दशमी २०७७ को पावन अवसरमा म यही प्रण गर्दछु र समग्र दाजुभाइ दिदी बहिनीहरूलाई पनि यो कार्यक्रम र अभियानमा साथ, सहयोग र सक्रिय हुन आव्हान गर्दछु ।
 
 
गोविन्द राज जोशी
                                                                                            – पूर्वमन्त्री )
मितिः २०७७ साल आश्विन २४
सम्पर्क [email protected]
फोन नंः ९८५११७२५७८

nema
Show More

Related Articles

Back to top button