समाचार

चीनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत गर्ने

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने पक्का भएको छ ।
उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकमा सीलाई विमानस्थलमा गर्ने स्वागतबारे छलफल भएको थियो ।
राष्ट्रपति स्वयंम स्वागतमा जान लागेको स्रोतले बताएको छ । राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन् । प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही वर रहने बताइएको छ । कतिपय अवस्थामा उच्चस्तरीय राजकीय भ्रमणका बेला समकक्षीले नै स्वागत गर्ने प्रचलन अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ होइन ।

nema
Show More

Related Articles

Back to top button