breakingसमाचार

विवाद समाधान गर्न काँगे्रस सभापति देउवा सक्रिय

८ माघ, काठमाडौैँ÷ नेपाली कांग्रेसमा पछिल्लो समय चुलिएको विवाद समाधानका लागि आजपनि शीर्ष नेताहरुबीच छलफल हुँदैछ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल हुने भएको हो । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई छलफलका लागि आफ्नै निवास बूढानीलकण्ठ बोलाउनुभएको बताइएको छ । बैठकमा पाटीभित्रको पछिल्लो समस्या सामाधानका लागि छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
यसअघि गत पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । वरिष्ठ नेता पौडेल उपचारका लागि भारतको नयाँदिल्ली जानुपूर्व भएको उक्त छलफलमा दुबै पक्षले गठन गरेका कार्यदलले अनौपचारिक छलफल गरी समस्या समाधानका लागि पहल गर्नेबारे सहमति जुटेको थियो ।
सभापति देउवा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राखेर तल्लो तहका संरचनाको अधिवेशन मिति सच्याउन सकारात्मक देखिनुभएको बताइएको छ । यस्तै इतर समूहको बहिष्कारका बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन प्रयोजनका लागि निलम्बन गरेका विधानका धाराहरु फुकुवा हुने पनि सम्भावना देखिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button