समाचार

तनहुँमा सवारी दुर्घटना, ४० जना घाइते

११ फागुन
तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् । दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस आज बिहान एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उहाँले बताउनुभयो । ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button