समाचार

काँगे्रस जिल्ला सभापतिहरुको भेला हेटौैडामा सुरु

५ आषाढ, मकवानपुर ÷मकवानपुरको हेटौडामा मंलगबारदेखि काँगे्रस जिल्ला सभापति भेला सुरु भएको छ । काँगे्रस जिल्ला कार्यसमिति भवनमा सोमवार साँझ बसेको काँगे्रस केन्द्रीय कार्यसमिति बैठकले भेला प्रभावकारी बनाउने बारे छलफल गरेको थियो । ३ दिनसम्म चल्ने भेला बिहिवार सकिने छ । सभापतिको भेला मुख्य गरि तीन विषयमा छलफल केन्द्रीत हुने काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
भेलामा नेता रामचन्द्र पौडेल पक्षले महासमिति बैठक, नयाँ संरचना अनुसारको अधिवेशन लगायतका बिषय उठाउने तयारी गरेका छन् । काँगे्रसभित्र तीब्र गुटबन्दी मौलाइरहेको अवस्थामा नेतृत्वले जिल्ला सभापति भेलामार्फत पार्टीभित्र आन्तरिक एकताको समेत सन्देश दिने प्रयास गरिने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button