breakingसमाचार

भारतले मानसरोबरसम्म जाने बाटो निर्माण थालेकोप्रति संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको चासो

२७ बैशाख, काठमाडौैँ
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेको विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाएको छ । भारतले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाउँदै संसदीय समितिले गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रीलाई छलफलका लागि बोलाएको हो ।
समितिको बैठकभोलि बिहान ८ बजेका लागि बोलाइएको छ । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई सो बैठकमा उपस्थित हुन भनिएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । नेपाली भूमि मिचिएकोबारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको उहाँले बताउनुभयो ।
भारतका गृह मन्त्री राजनाथ सिंहले हिजो नेपाली भूमि लिपुलेक कालापानीहुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेसगैँ नेपालमा तिब्र विरोध भएको छ ।

nema
Show More

Related Articles

Back to top button