breakingनेपाली कांग्रेससमाचार

राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२(पुस्तक परिचय )

– डा. वासुदेव खनाल
बीपी कोइरालाका सम्बन्धमा लेखिएका अनुसन्धानमूलक लेखहरूको संगालोको रूपमा ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२ प्रकाशनमा आएको छ । बीपीका विचारहरूलाई नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता र सर्वसाधारण जनतासमक्ष पु¥याउने अभियानमा लागेको ‘बीपी विचार राष्ट्रिय समाज’ ले प्रस्तुत ग्रन्थ प्रकाशनमा ल्याएको हो । बीपी विचार राष्ट्रिय समाज आफ्नो स्थापनाकालदेखि नै बीपी कोइरालाका विचारहरूलाई जनसमक्ष ल्याउने अभियानमा लागेको छ । जसले ‘राष्ट्रिय जीवनमा बीपी कोइराला’ विषयमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता गराएर प्रतियोगितामा उत्कृष्ट भएका निबन्धहरू २०७२ सालको मेलमिलाप दिवसको अवसरमा प्रकाशित गरेको थियो । बीपी आफैमा राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यक्तित्व हो भन्ने कुरामा कसैको दुईमत छैन । उहाँ यसै देशमा जन्मिएका ती ऋषिमहर्षिहरूजस्तै अनुकरणीय व्यक्ति हुनुहुन्थ्यो जसले चरित्रको माध्यमबाट पृथिवीमा रहेका सम्पूर्ण मानव समुदायलाई शिक्षा दिनुभएको थियो ।a
एतद्देश प्रसूतस्य सकाशादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।। मनुस्मृति, २.२० ।
बीपीको चरित्र पनि तिनै ऋषिमहर्षिहरूको जस्तै सम्पूर्ण मानव समुदायका लागि अनुकरणीय थियो । बीपीले आफ्नो चरित्रको माध्यमबाट नेपाली समाजलाई मात्र मार्गदर्शन गर्नुभएको छैन, पृथिवीमा रहेका सम्पूर्ण प्रजातन्त्र र समाजवादप्रेमी मानव समुदायलाई पनि मार्गदर्शन गर्नुभएको छ । पूर्वीय मान्यता अनुसार शब्द भनेको ‘ब्रé’ हो र त्यो कहिल्यै नाश हुँदैन । अक्षर–अक्षरको योग नै शब्द हो । वर्णमालालाई हामीले ‘अक्षर’ भन्दछौं । कहिल्यै नाश नहुने भएको हुनाले नै ‘अक्षर’ भनिएको हो । त्यही नाश नहुने तŒवको संयोगबाट बनेको शब्द पनि कहिल्यै नाश हुँदैन । त्यसैले हाम्रा ऋषिमहर्षिहरूले शब्दलाई ‘ब्रé’ भनेका हुन् । बीपीद्वारा विभिन्न माध्यमबाट व्यक्त शब्दहरू ‘राजनीतिक दर्शन’ को रूपमा छरिएर रहेका छन् । जसलाई बटुल्ने र बीपी निर्देशित राजनीतिक दर्शनको आधारमा नेपाली काङ्ग्रेस पार्टीलाई डो¥याउनुपर्नेमा कुनै एक नेताको सनकको भरमा पार्टीलाई सञ्चालन गर्दाको परिणाम के हुन्छ ? भन्ने कुरामा सबैलाई ज्ञान हुँदा हुँदै बीपीको समयमा त्यो अवस्थामा रहेको पार्टी अहिले यो अवस्थामा आउँदा पनि पार्टीका अधिकांश नेतामा अझै पनि चेत आएको छैन ।
बीपीको जीवन विद्यार्थीकालदेखि नै नेपाली राजनीति र जनताप्रति समर्पित देखिन्छ तथापि उहाँले राजनीतिका सम्बन्धमा कुनै ग्रन्थ भने तयार गर्नुभएको छैन । जो राजनीतिक व्यक्तित्व हुन्छ उसले विभिन्न माध्यमबाट विचारको प्रवाह गर्दछ, राजनीतिका सम्बन्धमा कुनै ग्रन्थ तयार गर्दैन त्यसैले बीपीले पनि कुनै ग्रन्थ तयार गर्नुभएको छैन तर उहाँको राजनीतिक दर्शनका आधारमा नेपाली काङ्ग्रेस जसको स्थापना पनि बीपी स्वयंले गर्नुभएको थियो । यसलाई मार्गदर्शन गर्ने काममा बीपी जीवन पर्यन्त लाग्नुभयो । नेपाली काङ्ग्रेसलाई आम नेपाली जनताको पार्टी कसरी बनाउने भन्ने सम्बन्धमा बीपीले कुनै ग्रन्थ नदिए पनि राजनीतिक दर्शन दिनुभएको छ र त्यही राजनीतिक दर्शनको आधारमा पार्टीलाई चलाउन निर्देश पनि गर्नुभएको छ । त्यसैले राष्ट्रियताका सम्बन्धमा बीपीले तयार गर्नुभएको लेख अहिले पनि समसामयिक छ जसलाई हामीले प्रस्तुत ग्रन्थको प्रारम्भमा राखेका छौं । जसमा बीपीले राष्ट्रियता के हो ? भन्ने प्रश्नको उत्तर सरलभाषामा व्यक्त गर्नुभएको छ । बीपीको शब्दमा राष्ट्रियता भनेको जनता, जनताका समस्या, त्यसको समाधानका लागि भएको सामूहिक प्रयत्न र त्यो प्रयत्नमा अनुभव गरेको एकताको भावना नै राष्ट्रियता हो । राष्ट्रियताको सन्दर्भमा बीपीको विचारमा भूगोल गौण हो । राष्ट्रियताकै सन्दर्भमा बीपीले भन्नुभएको छ–हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर उदरपूर्ति गर्न कर लाउने तŒवले राष्ट्रियताको ढिढोरा पिटेको सुहाउँदैन । बीपीको यो विचार आजको सन्दर्भमा पनि त्यत्तिकै महŒवपूर्ण र मार्मिक रहेको छ । आज हजारौंको संख्यामा मात्र होइन लाखौंको संख्यामा नेपाली जनतालाई उदरपूर्तिका लागि विदेशीन बाध्य बनाएका छौं र राष्ट्रियताको ढिढोरा पिटिरहेका छौं यो किमार्थ राष्ट्रियता होइन बीपीको विचारमा राष्ट्रियता भनेको गरिबीको अन्त्यका लागि गरिने सामूहिक प्रयत्न हो । उहाँले प्रजातन्त्र र राष्ट्रियतालाई पर्यायवाची शब्दको रूपमा परिभाषित गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोविन्दराज जोशीले तयार गर्नुभएको अनुसन्धानमूलक ‘बीपी विचार, सिद्धान्त र व्यवहार’ शीर्षकको लेख पनि प्रस्तुत ग्रन्थमा समावेश गरेका छौं । लेखको प्रारम्भमा बीपी स्वयंले आफू ब्रéलीन भइसकेपछि काङ्ग्रेसमा बीपी स्वयंको भूमिकाका सम्बन्धमा भ्रम सिर्जना गर्ने प्रयत्न हुनेछ भन्ने कुराको ठोकुवा समेत गर्नुभएको कुरालाई उद्धृत गर्नुभएको छ । जुन कुरालाई हामीले प्रस्तुत ग्रन्थको पछिल्लो पृष्ठमा पनि समावेश गरेका छौं । बीपीको उक्त भनाइ र नेपाली काङ्ग्रेसको वर्तमान अवस्थालाई हेर्दा साँच्चै नै बीपी भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यहाँ बीपी स्वयंले भन्नुभएको छ– मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्दछ । तर काङ्ग्रेसले बीपीका ती विचारलाई निरन्तरता दिन नसकेका कारण काङ्ग्रेस यो अवस्थामा आएको हो भन्ने धारणालाई जोशीले यहाँ व्यक्त गर्नुभएको छ । बीपी विचारका सम्बन्धमा उहाँले उल्लेख गर्नुभएको छ–प्रजातन्त्र बीपीको आदर्श र सिद्धान्त हो, राष्ट्रियता बीपीको अडान हो र समाजवाद बीपीको कार्यक्रम हो । राष्ट्रिय एकता र मेलमिलाप बीपी कोइरालाले अबलम्बन गर्नुभएको सैद्धान्तिक अवधारणा प्राप्त गर्ने माध्यम हो । तर हामीले यी सबै तŒवहरूको पारस्परिक मेलन गराउन सकिरहेका छैनौं । जोशीजीले उक्त अनुसन्धानमूलक लेखमा के हो बीपी विचार ? नामक उपशीर्षकमा विचार के हो भन्ने सम्बन्धमा प्रष्ट्याउनुभएको छ भने राष्ट्रियता नामक उपशीर्षकमा बीपीको राष्ट्रियतासम्बन्धी अवधारणालाई प्रस्तुत गर्नुभएको छ । यस्तै प्रजातन्त्र उपशीर्षकमा राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय गरी मानिसका तीनवटा आधारभूत चाहनाहरूलाई एकीकृत रूपमा स्थान दिने राजनीतिक अवधारणा नै प्रजातन्त्र हो भन्ने बीपीको विचारलाई व्याख्या एवं विश्लेषण गरी प्रष्ट्याउनुभएको छ ।
त्यसपछि प्रा.डा. गोविन्दमान सिंह कार्कीको ‘प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बीपी कोइराला’ शीर्षकको अनुसन्धानमूलक लेख रहेको छ । डा. कार्कीले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि बीपी कोइरालाले गर्नुभएको नेतृŒवको चर्चाबाट आफ्नो अनसन्धानमूलक लेखको प्रारम्भ गर्नुभएको छ । उहाँले २००७ सालको क्रान्तिदेखि लिए २०१४ सालसम्मका गतिविधिलाई विषयप्रवेश शीर्षकमा स्थान दिनुभएको छ भने ‘संसदीय निर्वाचन र बीपी कोराइरालाको सरकार’ नामक उपशीर्षकमा २०१५ सालको संसदीय निर्वाचन र निर्वाचनमा नेपाली काङ्ग्रेसको दुईतिहाइ बहुमत प्राप्त गरिसकेको अवस्थामा नेपाली काङ्ग्रेसको संसदीयदलको नेतामा बीपी कोइराला चुनिएपछि बीपीलाई प्रधानमन्त्री बनाउन तत्कालीन राजा महेन्द्रले गरेको आनाकानीको प्रसङ्कलाई पनि उल्लेख गर्नुभएको छ । अन्ततः ढिलै भए पनि राजाले बीपी कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल घोषणा गरेको उल्लेख गर्दै बीपी कोइरालाको नेतृŒवमा बनेको तत्कालीन सरकारले गरेका महŒवपूृर्णको कार्यको चर्चा गर्नुभएको छ । जसमा प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सदस्यहरूको तलब कटौती, बिर्ता उन्मुलन, राज्य रजौटाको उन्मूलन, भूमिसुधार कार्यक्रम, वनको राष्ट्रियकरण, करनिर्धारण, नेपाली मुद्राको प्रचलन जस्ता महŒवपूर्ण कदमहरू रहेका छन् । यसैक्रममा त्रिभुवन विश्वविद्यालयको स्थापना, औद्योगिक विकास निगमको स्थापना, शाही नेपाल वायु सेवाको नामबाट वायु सेवाको प्रारम्भ, पूर्वपश्चिम राजमार्गको निर्माणको प्रारम्भ जस्ता महŒवपूर्ण कार्यहरू बीपीको सरकारले गरेको चर्चा गर्नुभएको छ । यस्तै अन्तराष्ट्रिय सम्बन्ध उपशीर्षक अन्तर्गत भारतसँगको सम्बन्ध, चीनसंगको सम्बन्ध, सोभियत रूसका राष्ट्रपतिको नेपालभ्रमणका विविध पक्षमा प्रकाश पार्नुभएको छ । यही क्रममा उहाँले बीपी कोइरालाको सरकारको बेलामा नेपालमा भएका विभिन्न घटनाहरूको चर्चा गर्नुको साथै तत्कालीन नेताहरूका बीच बीपी कोइरालाको मनमुटावका सम्बन्धमा पनि प्रकाश पार्नुभएको छ । यही क्रममा उहाँले राजा र बीपी कोइरालाबीचको मनमुटावको प्रसङ्कको चर्चा गर्दै राजा महेन्द्रबाट लोकतन्त्रको हत्याका सम्बन्धमा विविध कोणबाट प्रकाश पार्ने प्रयत्न गर्नुभएको छ ।
‘बीपीको सिद्धान्त र नेपाली काङ्ग्रेस’ शीर्षकमा श्याम मैनालीको अनुसन्धानमूलक लेख रहेको छ । प्रस्तुत लेखको प्रारम्भका मैनालीले नेपाली काङ्ग्रेस बीपी कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक सिद्धान्तबाट विचलित हुँदै गएका कारण आलोचित बन्दै गएको चर्चा गर्दै कतिपय नेता र कार्यकर्ताहरू बीपीकै सिद्धान्त र आदर्श अनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले बीपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता, समाजवादी अर्थतन्त्रका सम्बन्धमा पनि प्रकाश पार्नुभएको छ । यसैगरी उहाँले नेपाली अर्थव्यवस्थाका सबलपक्ष, दुर्बलपक्षका सम्बन्धमा उल्लेख गर्दै नेपाली अर्थतन्त्रका जोखिमहरूका सम्बन्धमा विश्लेषण पनि गर्नुभएको छ । यसैक्रममा उहाँले नेपाली अर्थतन्त्रका अवसरहरूका सम्बन्धमा प्रकाश पार्दै लेखको निष्कर्षमा नेपाली अर्थतन्त्रलाई बीपीले परिकल्पना गर्नुभएको बाटोमा डो¥याउन सकेमा मात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ ।
डा. शंकर सुुब्बाले तयार गर्नुभएको ‘बीपी विचार र नेपाली काङ्ग्रेसको अवधारणा’ शीर्षकको अनुसन्धानमूलक लेखको पृष्ठभूमिमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म, पुर्खाहरूको बासस्थान, पेशा आदिका सम्बन्धमा चर्चा गर्नुभएको छ । यही क्रममा उहाँले बीपीको राजनीतिक गतिविधि के कसरी प्रारम्भ भयो भन्ने कुराका सम्बन्धमा पनि प्रकाश पार्नुभएको छ । नेपाली राजनीति र नेपाली काङ्ग्रेस पार्टीको जन्मका सम्बन्धमा विश्लेषण गर्दै बीपी विचारका विविध पक्षहरूका सम्बन्धमा चर्चा गर्नुभएको छ । जसमा क्रान्ति, समाजवाद, राष्ट्रियता र प्रजातन्त्र, अर्थनीति, राष्ट्रिय मेलमिलापनीति जस्ता विषयहरू समावेश गर्नुभएको छ । सोही क्रममा नेपाली काङ्ग्रेसको अवधारणाका सम्बन्धमा प्रकाश पार्दै बीपीपछि नेपाली काङ्ग्रेसको र सरकारको नेतृŒव कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सुशील कोइराला आदिले लिएता पनि ती नेताहरूले बीपीले सोचेजस्तो विकास गर्न नसक्नुको साथै विदेशी हस्तक्षेपलाई बढावा दिएको चर्चा गर्दै बीपीद्वारा प्रतिपादित सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्न नसकेका कारण वर्तमान अवस्थामा आइपुग्दा नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्षको रूपमा परिणत भएको कुराको उल्लेख पनि उहाँले गर्नुभएको छ । लेखको अन्त्यमा उहाँले बीपीको सिद्धान्त र विचार अनुसार पार्टीलाई सञ्चालन गर्न सकेको अवस्थामा मात्र नेपाली काङ्ग्रेसले पुनर्जीवन पाउन सक्ने आशा पनि व्यक्त गर्नुभएको छ ।
रामप्रसाद गौतमले ‘बीपीको प्रजातान्त्रिक संस्कृति तर नेपाल कहाँ’ शीर्षकको लेख एउटा हिन्दी फिल्मको गीतबाट प्रारम्भ गर्नुभएको प्रस्तुत लेखमा नागरिकले कानूनसम्मत अधिकार प्राप्तिका लागि कसैसँग डराउन आवश्यक नरहेको चर्चा गर्दै यो विश्वेश्वरप्रसाद कोइरालाको देन रहेको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा प्रजातान्त्रिक संस्कृतिको जग बसाउने जननायक विश्वेश्वरप्रसाद कोइराला रहेको उल्लेख गर्दै नेपालको राजनीतिक विकासक्रमका मुख्य तीन धारको चर्चा गर्नुभएको छ । यी तीन धारमध्ये साम्यवादी एकलवाद कम्युनिजम र परम्परावादी एकलवाद राजतन्त्रको उल्लेख गर्नुभएको छ । यी दुबै धारभन्दा बीपीको प्रजातान्त्रिक समाजवाद भिन्न धार रहेको उल्लेख गर्दै राणातन्त्र, राजतन्त्रात्मक संसदवाद, गणतन्त्रमा बीपीवाद, अर्थतन्त्रमा बीपी संस्कृति, बीपीको राजनैतिक विचार र राजतन्त्रबीच अन्तरविरोध, बीपी र साम्यवादबीच अन्तरविरोध, वर्तमानमा बीपी संस्कृतिको सान्दर्भिकता, संसदीय पारदर्शिता, जनताको सहभागिता आदि उपशीर्षक दिएर बीपीवादको विश्लेषण गर्नुभएको छ । यसैगरी व्यत्तिगत स्वतन्त्रता, सरकारको आलोचना गर्ने छुट, स्वतन्त्र न्यायपालिका, सूचनाको हक जस्ता विषयमा पनि प्रकाश पार्नुभएको छ ।
बद्रीनारायण गौतमको ‘बीपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अपरिहार्यता’ शीर्षकको अनुसन्धानात्मक लेखमा विषयप्रवेश, तथ्य विश्लेषण र उपसंहार गरी तीनवटा उपशीर्षकमा केन्द्रित छ । विषयप्रवेश उपशीर्षकमा उहाँले प्रजातन्त्रको घाँटी निमोठेपछिको आठवर्षलामो जेलजीवन पश्चात् बीपी भारतको स्वनिर्वासनमा पुगेको चर्चा गर्दै यसबीचमा भएका विभिन्न राजनीतिक गतिविधिहरूको उल्लेख गर्नुभएको छ । बीपीले बङ्गलादेश आदि मुलुकहरूमा भएको राजनीतिक परिवर्तन र भारतीय नेताहरूबाट पाएको आश्वासनबाट उत्साहित हुँदै नेपालमा सशस्त्र आन्दोलन गर्ने उद्घोष त गरे तर आवश्यक तयारी विनै ओखलढुङ्काको टिमूरबोटे काण्डले आफ्नो क्रान्तिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखेपछि र भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको इमर्जेन्सीबाट आफ्नो राजनीतिक अडानलाई पुनर्विचार गर्ने अवस्थासम्म आएको कुराको चर्चा गर्नुभएको छ । दोस्रो तथ्य विश्लेषण उपशीर्षकमा सात सालको क्रान्तिबाट राजतन्त्रलाई पुनस्थापना गर्न सम्भव बनाउने नेपाली काङ्ग्रेससँग मेलमिलाप नरुचाएका राजाले २०१७ सालमा प्रजातान्त्रिक पद्धति नै समाप्त गरे र यस बीचमा विभिन्न राजनीतिक उतार चढावहरू भए पनि राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिलाई विश्लेषण गरी मेलमिलापको नीतिका साथ नेपाल फर्किएको प्रसङ्कलाई सटिक रूपले विश्लेषणात्मक ढङ्कले प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय मेलमिलापका साथ नेपाल फर्कने सम्बन्धमा भएका विभिन्न पक्षहरूलाई पनि उल्लेख गर्नुभएको छ । उपसंहार नामक उपशीर्षकमा गौतमले भारतले आफूलाई नेपाल विरुद्ध प्रयोग गर्ने अवस्था आएको देखेपछि बीपीले आफ्नो बाँकी जीवन नेपालमै बिताउने दृढविश्वासका साथ मेलमिलाप नीति लिएर नेपाल फर्केको प्रसङ्कलाई सटिक ढङ्कले विश्लेषण गर्नुभएको छ ।
जीवनाथ धमलाले तयार गर्नुभएको ‘बीपी र राष्ट्रियता– एक सैद्धान्तिक चर्चा’ विषयक लेखमा नेपालको राष्ट्रिय राजनीतिलाई बीपी कोइरालाले आधुनिकीकरणको युगमा प्रवेश गराएको चर्चा गर्दै बीपीको असाधारण व्यक्तित्वका कारण २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएको चर्चा पनि गर्नुभएको छ । उहाँले बीपीको शारीरिक अनुपस्थितिमा देशमा जे जस्ता आन्दोलनहरू भए ती सबै आन्दोलनहरूको वैचारिक पृष्ठभूमि मूलतः बीपीकै चिन्तन र दर्शको जगमा भएको कुराको उल्लेख पनि गर्नुभएको छ । धमलाले नेपालका विभिन्न राजनीतिक दलहरूका दृष्टिकोणहरूको वैचारिक पृष्ठभूमि फरकजस्तो देखिए पनि तिनीहरूको दार्शनिकपक्ष बीपी विचारभन्दा खास फरक नरहेको प्रष्ट्याउनुभएको छ । प्रस्तुत लेखमा उहाँले बीपीको राष्ट्रियतासम्बन्धी धारणालाई प्रष्ट्याउने प्रयत्न गरिएको चर्चा पनि गर्नुभएको छ । धमलाले बीपीले विभिन्न प्रसङ्कमा राष्ट्रियताका सम्बन्धमा उल्लेख गर्नुभएका विषयहरूलाई कोट्याउँदै– दरबार, प्रशासन सबैतिर विदेशी तŒवको दबदबा भएकाले देशलाई बचाउन नसेकेको अवस्थामा राजा र देश नै नरहने कुराको उल्लेख बीपी स्वयंले गर्नुभएको चर्चा गर्नुभएको छ । धमलाले बीपीका राष्ट्रियता सम्बन्धी धारणाहरू वर्तमानमा पनि त्यत्तिकै महŒवपूर्ण रहेको चर्चा गर्दै लेखलाई समापन गर्नुभएको छ । यसैगरी ‘विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व र राजनीतिक इतिहास’ विषयक दीलिपकुमार श्रीवास्तवले तयार गर्नुभएको लेखको प्रारम्भमा बीपी कोइरालाले आफ्नो जीवनकालमा कम समय अर्थात् १८ महिना मात्र प्रधानमन्त्रीको रूपमा सत्ताको नेतृŒव सम्हाल्ने अवसर पाएको र सफल नेतृŒवका कारण सबैको स्मृतिमा रहने र प्रेरणाको स्रोत बनी प्रजातन्त्रका एक महान् सेनानी, समाजवादी चिन्तक र सच्चा नेताको रूपमा नेपालको राजनीतिक इतिहासमा परिचित हुन सफल हुनुभएको चर्चा गर्दै आफ्नो जीवनकालमा कोइराला नेपाली राजनीतिको केन्द्र बिन्दु बन्नुभएको उल्लेख गर्नुभएको छ । यही क्रममा उहाँले परिचय, पृष्ठभूमि, प्रारम्भिक जीवन, विवाह, सातसालको जनक्रान्ति, सातसालदेखि सत्रसालसम्मको नेतृŒव, सत्रसालपछिको राजनीति र उपसंहार गरी विभिन्न नौ उपशीर्षकमा विश्लेषणात्मक ढङ्कले बीपीको राजनीतिक व्यक्तित्व र नेपालको राजनीतिक इतिहासलाई प्रस्तुत गर्नुभएको छ ।
डा. चन्द्रबहादुर अधिकारीद्वारा तयार पारिएको ‘बीपी कोइरालाको आर्थिक दृष्टिकोणको सान्दर्भिकता’ विषयक शीर्षकको लेखको प्रारम्भमा बीपीले पूँजीवादी अर्थव्यवस्था र साम्यवादी आर्थिक प्रणाली दुबैलाई अतिशयोक्तिका रूपमा लिएको उल्लेख गर्दै दुबै व्यवस्थाका राम्रा पक्षहरूलाई समाहित गरेर प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नुभएको कुराको उल्लेख गर्नुभएको छ । बीपीको यो समाजवादी अवधारणालाई नेपाली काङ्ग्रेसले वि.सं. २०१२ सालमा वीरगन्जमा आयोजित छैटौं महाधिवेशनले विधिवत र सर्वसम्मत रूपमा पार्टीको प्रमुख सिद्धान्त र लक्ष्यको रूपमा समावेश गरेको चर्चा गर्नुभएको छ । बीपी कोइरालाको राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व उपशीर्षकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वले बीपीका सम्बन्धमा व्यक्त गरेका धारणालाई उहाँले प्रस्तुत गर्नुभएको छ । कोइराला र राजा महेन्द्रबीचको शक्ति संघर्षलाई तेस्रो उपशीर्षकमा प्रष्ट्याइएको छ भने चौथो उपशीर्षकमा बीपी कोइरालाको राष्ट्रवादी चिन्तनका सम्बन्धमा उल्लेख गरिएको छ । पाँचौं उपशीर्षकमा प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक पक्ष र बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका सम्बन्धमा प्रकाश पारिएको छ । यस्तै छैठौं उपशीर्षकमा बीपी कोइरालाले परिकल्पना गर्नुभएको समावादी योजनाका सम्बन्धमा चर्चा गरिएको छ । सातौंमा बीपी कोइरालाको आर्थिक अवधारणालाई प्रस्तुत गरिएको छ भने आठौंमा क्mबिि ष्क द्यभबगतषग िको अवधारणा तथा बीपी कोइरालाको उत्पादन प्रविधि विषयमा चर्चा गरिएको छ । नवौ उपशीर्षकमा नेपालको आर्थिक नीति र लोकतान्त्रिक समाजवादका सम्बन्धमा चर्चा गरिएको छ भने दशौं उपशीर्षकमा आर्थिक उदारीकरणमा लोकतान्त्रिक समाजवादको औचित्यका सम्बन्धमा प्रकाश पारिएको छ । यस्तै एघारौं उपशीर्षकमा प्रजातान्त्रिक समाजवादको पुनव्र्याख्याको आवश्यकताका सम्बन्धमा चर्चा गर्नुभएको छ भने बाह्रौं उपशीर्षकमा प्रस्तुत लेखको उपसंहार प्रस्तुत गरिएको छ ।
यसैगरी डा. जयराज आचार्यले तयार गर्नुभएको ‘बीपी कोइरालाको राजनीति र परराष्ट्रनीति’ विषयक लेखमा डा. आचार्यले बुँदागत रूपमा विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक चिन्तन र परराष्ट्रनीतिका सम्बन्धमा प्रकाश पार्नुभएको छ । पहिलो बुदामा उहाँले बीपी कोइरालाको दृढ प्रतिज्ञा नेपालमा संवैधानिक राजतन्त्र अन्तर्गत पूर्ण प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका साथ नेपाललाई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट स्वतन्त्र, समृद्ध र शान्तिपूर्ण अवस्थामा स्थापित गर्नु रहेको उल्लेख गर्नुभएको छ । दोस्रो बुँदामा बीपीका प्रमुख आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवाद रहेकोमा राष्ट्रियताको सवालमा जवारहलाल नेहरूको शिकार र प्रजातन्त्र र समाजवादको विषयमा राजा महेन्द्रको शिकार बन्नुभएको चर्चा गर्नुभएको छ । तेस्रो बुँदामा बीपीका योजना र कार्यक्रम, चौथो बुँदामा कार्यान्वयन क्षमता, पाँचौं बुँदामा योजना र कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि संगठन महŒवपूर्ण रहेको कुराको उल्लेख गर्दै त्यसका लागि पृथ्वीनारायण शाहको उदारहण प्रस्तुत गर्नुभएको छ । यस्तै २०१७ पुस एक गतेको घटनामा सेना, प्रहरी र प्रशासनमा राजा महेन्द्रकै पकड बलियो भएका कारण उनी सफल भएको कुरा पनि उल्लेख गर्नुभएको छ ।
छैठौं र सातौं बुँदामा डा. आचार्यले परराष्ट्रनीति र कूटनीतिक पक्षको चर्चा गर्दै बीपी कोइरालाको नेतृŒवमा बनेको सरकारले नेपालको कूटनीतिक सम्बन्धको विस्तारको क्रममा पाकिस्तान र इजरायलसँगको सम्बन्धलाई लिएर तत्कालीन भारतीय प्रधानमन्त्रीले स्वतन्त्र राष्ट्रको आत्मनिर्णयलाई स्वीकार गर्न नसक्दा नेपाल र भारतबीचको सम्बन्धमा समस्या उत्पन्न भएको चर्चा गर्नुभएको छ । उहाँले इजरायलसँगको कूटनीतिक सम्बन्धलाई नेपालले सन् १९६० मै स्वीकार गरेको देखिन्छ भने भारत र चीनले सन् १९९२ मा मात्र स्वीकार गरेको देखिन्छ । जसलाई डा. आचार्यले बीपीको कूटनीति समयानुकूल थिएन कि ? भन्ने कुराको उल्लेख गर्दै राजनीति र कूटनीतिमा समयको ठूलो भूमिका हुने बताउनुभएको छ । आठौं बुँदामा आचार्यले भूटानजस्तै संरक्षित बनेर रहन नसक्नु, चीनसँग समानस्तरका देशहरूबीच हुने मैत्री सन्धि गर्नु, भारतको जन्मजात शत्रु पाकिस्तानसँग कूटनीतिक सम्बन्ध स्थापित गर्नु, कोइरालाकी एउटी बहिनीको पाकिस्तानी कूटनीतिक अधिकारीसँग विवाह हुनु, नेहरुका विपक्षी नेता जयप्रकाश नारायणहरूसँग सम्बन्ध बढाउनुृ आदि कारणले भारतसँगको बीपीको कूटनीतिक सम्बन्ध राम्रो बन्न नसकेको कुराको उल्लेख गर्नुभएको छ । नवौं बुँदामा राजा महेन्द्रले चाल्न सक्ने कदमका सम्बन्धमा जानकारी हुँदा हुँदै पनि केही गर्न नसक्नू र दशौं बुँदामा राज्यसंयन्त्रहरूमाथि पूर्ण नियन्त्रण हुन नसक्नु बीपीको जीवन र हालको राजनीतिमा पनि सान्दर्भिक रहेको कुराको उल्लेख डा. आचार्यले गर्नुभएको छ ।
डा. उमेशकुमार भट्टराईले ‘बीपीको परराष्ट्र तथा सुरक्षा अवधारणा समसामयिक मूल्याङ्कन’ विषयक लेखको प्रारम्भमा बीपी कोइरालाले व्यक्त गर्नुभएको ‘देशमा प्रजातन्त्र आएपछि मोटा–घाटा, सुकिला–मुकिला, चिल्ला गाडी चढ्नेहरू पार्टीभित्र हावी हुने छन् । त्यसका विरूद्ध आमकार्यकर्ताले फेरि एकचोटी सङ्घर्ष गर्नुपर्ने हुन्छ’ भन्ने भनाइ प्रस्तुत गर्नुभएको छ । यसैसन्दर्भमा उहाँले भन्नुभएको छ–नेपालको राजनीतिभित्र रहेका धेरै पाटोहरूलाई यसले उजागर गरेको छ । उहाँले बीपी विचार एक परिचय, बीपीको समाजवाद तथा संयुक्त राष्ट्र संघको सुरक्षानीति, बीपीको विकास तथा सुरक्षा अवधारणा, परराष्ट्र र सुरक्षामा भू–राजनीतिको महŒव, बीपीको अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत चिन्तन र निष्कर्ष उपशीर्षकमा बीपीको राष्ट्रिय तथा अन्तराष्ट्रिय चिन्तन र सुरक्षा अवधारणाका सम्बन्धमा प्रकाश पार्नुभएको छ ।
‘बीपी कोइरालाको समाजवादी चिन्तन र आत्मनिर्भर अर्थतन्त्र’ शीर्षकको प्रा.डा. रामप्रसाद ज्ञवालीको लेखको प्रारम्भमा नेपालमा लोकतान्त्रिक समाजवादको ऐतिहासि पृष्ठभूमिका सम्बन्धमा प्रकाश पारिएको छ । जसमा उत्पादन र वितरणको पक्ष, बीपीले परिकल्पना गर्नुभएको नेपाली ग्रामीण मोडेल, बीपीले परिकल्पना गरेको समाजवादी योजनाका सम्बन्धमा पनि विश्लेषण गरिएको छ । यस्तै आत्मनिर्भरता र नेपाली अर्थतन्त्र, राष्ट्रिय स्वाधीनतामा कमी जस्ता विषयहरूलाई बडो मार्मिक ढङ्कले विभिन्न चित्रहरूलाई समेत प्रस्तुत गरेर संझाउने प्रयास गर्नुभएको छ । लेखेको अन्त्यमा उहाँले बीपी कोइराला आत्मनिर्भर अर्थतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान परिवर्तित सन्दर्भमा उहाँ उदारवादी अर्थतन्त्रको पक्षमा हुनुहुन्थ्यो होला भनेर परिकल्पना पनि गर्नुभएको छ । उहाँले पुनः परिकल्पना गर्दै भन्नुभएको छ– आधारभूत वस्तुहरूमा मुलुक आत्मनिर्भर हुनुपर्दो रहेछ । अन्य वस्तु तथा सेवाहरूमा सन्तुलित अन्तरनिर्भरताको आवश्यकता छ । यसरी आत्मनिर्भरता र परस्पर अन्तर्निर्भरता नेपालको भूराजनैतिक स्थिति र बीपीको समाजवादी चिन्तनसँग मेल राख्दछ जसअनुसार नेपाली काङ्ग्रेसले गर्न सकेन यो दुःखद कुरा हो भन्ने उहाँको निष्कर्ष छ ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका सम्बन्धमा प्रा.डा. दुर्गाप्रसाद अर्यालले ‘नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान’ का सम्बन्धमा तयार गर्नुभएको लेख पनि समावेश गरिएको छ । प्रा.डा. अर्यालले आफ्नो आलेखको शुरूमै आधुनिक मनोवैज्ञानिक नेपाली कथाको आरम्भ गर्ने विश्वेश्वरप्रसाद कोइराला भएको उल्लेख गर्नुभएको छ । कोइरालाले नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा चिरस्मरणीय कलात्मक काव्यकृतिहरूको रचना गरेर अमरता प्राप्त गरेको उल्लेख पनि गर्नुभएको छ । प्रा. डा. अर्यालले कोइराला यथार्थवादी तथा विशेष गरेर मनोवैज्ञानिक यथार्थवादी कथाकार भएको चर्चा गर्दै कोइरालाका कथा, उपन्यासहरूलाई नेपाल तथा भारतलगायतका विभिन्न विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रममा समावेश गरेकाले पनि उनी विश्वस्तरका साहित्यकारको कोटिमा आएको र बीपीको प्रभाव र प्रेरणा पछिल्ला साहित्यकारहरूले प्राप्त गरेको कुराको उल्लेख पनि गर्नुभएको छ । कथा, उपन्यास तथा कथाको माध्यमबाट साहित्यकार बीपीले तत्कालीन नेपालको स्थितिलाई चित्रित गर्नुको साथै मानव जीवनको मूल्य, मान्यता र नियतिका सम्बन्धमा प्रकाश पनि पार्नुभएको छ ।
डा. दिनेश भट्टराईको An overview of foreign policy under the B P Koirala government शीर्षकको लेख प्रस्तुत ग्रन्थमा रहेको १५ औं अनुसन्धानमूलक लेखको रूपमा रहेको छ । प्रस्तुत लेखमा डा. भट्टराईले २०१५ सालमा बनेको बीपी कोइरालाको सरकारले अबलम्बन गरेका परराष्ट्रनीतिका सम्बन्धमा प्रकाश पार्नुभएको छ । डा. भट्टराईले बीपी कोइरालाले पञ्चशीलका सिद्धान्तहरूलाई पालन गर्नुभएको उल्लेख गर्दै बीपीको परराष्ट्रसम्बन्धी नीति वर्तमान सन्दर्भमा पनि समसामयिक रहेको चर्चा गर्नुभएको छ । बीपी कोइराला अन्तराष्ट्रिय सम्बन्ध सधै राष्ट्रिय हितमा रहनुपर्ने कुरामा दृढ रहेको बताउँदै यसका लागि उहाँ जीवन पर्यन्त सदा प्रयत्नशील रहेको चर्चा पनि गर्नुभएको छ ।
जम्माजम्मी १५ वटा अनुसन्धानमूलक लेखको संगालको रूपमा आएको प्रस्तुत ग्रन्थ नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता र आम नेपाली जनतालाई बीपी कोइराला र उहाँको विचारका सम्बन्धमा बुझ्न महत्त्वपूर्ण सामग्रीको रूपमा रहने छ । उक्त ग्रन्थ जम्माजम्मी दुई सय छपन्न पृष्ठले युक्त छ भने यसको मूल्य रु. ३०० रहेको छ । प्रस्तुत ग्रन्थ अध्ययन गर्न चाहने व्यक्ति, संस्था तथा पुस्तक विक्रेताहरूले रत्न पुस्तक डिस्ट्रिब्युटर र मण्डेला पुस्तक पसल जमलमा प्राप्त गर्न सक्नुहुनेछ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button