समाचार

आस्था राउतमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने

१३ माघ, काठमाडौैँ÷ प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाण्डौ प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमार्फत प्रशासनमा अनुरोध गरेसँगै ४ दिन म्याद थपिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्वन्यवहारको मुद्दा दायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button