breakingसमाचार

भरतपुरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा सभामा कांग्रेस महामन्त्री कोइरालाले के भने

काठमाडौैँ÷ धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । बुधवार राजधानीमा आयोजित सभामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको हो । ३ अर्ब भन्दा बढी लगानीमा निर्माण हुने रंगशाला २ बर्षभित्र निर्माण हुने बताइएको छ । चितवनमा भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो ।

उक्त रंगशालाको थ्रिडी डिजाइन बुधवार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँगे्रसका महामन्त्री शशांक कोइराला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली काँगे्रसका महामन्त्री कोइराला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि काँग्रेसले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
भिडियो हेर्नुहोस

nema
Show More

Related Articles

Check Also
Close
Back to top button