breakingसमाचारवी पी विचारनेपाली कांग्रेस

वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठकले गरयो विभिन्न निर्णय ।

५ साउन, काठमाडौ÷वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठकले विश्वेश्वरप्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवस भब्यताका साथ मनाउने लगायतका निर्णय गरेको छ । शनिवार समाजको केन्द्रिय कार्यालय काठमाडौैँको चण्डोलमा बसेको बैठकले राजधानी काठमाडौैँमा भोलि आयोजना गर्ने कोइरालाको स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई प्रमुख अतिथि बनाउने लगायतका निर्णय गरेको हो ।

समाजले काठमाडौैँको बानेश्वर ब्याङक्वेटमा आयोजना हुने कोइरालाको स्मृति दिवसमा पूर्व राष्ट्रपति यादवले विमोचन गर्ने पुस्तक राष्ट्रिय जीवनमा वी.पी कोइराला भाग २ लाई प्रभावकारी बनाउन समेत सदस्यहरुलाई आग्रह गरेको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।
स्मृति दिवसमा सहभागि प्रत्यकलाई एक प्रति पुस्तक निशुल्क उपलब्ध गराउने पनि चन्दले बताउनुभयो ।

यसैबीच बैठकले वी.पी विचार सिद्धान्त र दृष्टिकोणलाई नामक पुस्तकको प्रकाशन गर्ने भएको छ । समाजले आगामी भाद्र २४ गते वी.पी जयन्तिको अवसरमा पुस्तकको विमोचन गर्ने महासचिव चन्दले उल्लेख गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button