समाचारनेपाली कांग्रेस

बजेट विकास विरोधी भएको काँग्रेसको निश्कर्ष, ढुकुटी रित्याएर पैसा बाँडिएको आरोप

काठमाडौं÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको थिंक ट्यांकले नेकपा नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०७६÷ ७७ का लागि ल्याएको बजेटलाई घोर विकास विरोधी भएको आरोप लगा्एको छ । नेकपाले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेटलाई कांग्रेसका बुद्धिजीवीहरु राजु नेपाल, स्वर्णीम वाग्ले र डा। गोविन्द पोखरेलले घोर विकास विरोधीको संज्ञा दिएका हुन् ।
कांग्रेस संसदीय दल सिंहदरबारमा भइरेको बजेटको समीक्षा बैठकमा आफ्नो धारणा राख्दै नेपालले बजेटले जनतालाई थप १६४६६ रुपैयाँ ऋण बोकाएको आरोप लगाए। बजेटबारे कांग्रेस सांसदहरुलाई जानकारी गराउने क्रममा तीनै बुद्धिजीवीले केन्द्रका सांसदलाई ६ करोड बाँडेपछि प्रदेश सांसदले पनि बजेट माग्ने उल्लेख गरे। बूढीगण्डकी आयोजनलाई लाई बजेट नै परेन। डिजेल–पेट्रोलको भाउ बजेट आउनासाथ बढ्यो।’ कांग्रेसको थिङ्क ट्यांकले आगामी आर्थिक वर्षमा ८ दशमवल ६ प्रतिशत आर्थिक वृद्धि हुन्छ भनेर अर्थमन्त्रीले गरेको अनुमानलाई मिथ्यांकको संज्ञा दिएका छन् । ‘

nema
Show More

Related Articles

Back to top button