समाचार

भारतमा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु

२६ जेष्ठ, काठमाडौैँ÷ भारतको पश्चिम बंगालमा दुइ पार्टीका कार्यकर्ता बिच भएको हिंसात्मक झडपमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय जनता पार्टी (भाजपाका) तिन र तृणमुलका एक कार्यक्रर्ता रहेका छन । भाजपाको झण्डा निकालिएको विवाद उग्र बन्दै जादाँ गोली हानाहानको घटना भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । भाजपाका प्रदेश महासचिव सायंतन बसुले तृणमूल कार्यकर्ता भाजपाको झण्डा निकालिरहेको बेलो रोक्न खोज्दा गोली आफना कार्यक्रतामाथि गोली प्रहार भएको दाबी गरेका छन । तृणमूलले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ। घटना पछि ठुलो संख्यामा पुलिस परिचालित गरिएको छ।

nema
Show More

Related Articles

Back to top button