breakingसमाचार

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक सदनमा प्रस्तुत

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश एकको प्रदेश सभामा बेल घेराउ गरको छ । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले संसदमा नाराबाजी गरेको हो ।
अवरोधकै बीच प्रदेशसभामा उक्त विधेयकबारेको प्रतिवेदन पेश भएको हो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन पेश गरेकी हुन् ।
विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो । सभामुखले वार्ताका लागि चार दिनको समय दिएका थिए । प्रतिवेदन पेश भएपछि बैठक सोमवारसम्मको लागि स्थगित भएको छ ।

nema
Show More

Related Articles

Back to top button