समाचारनेपाली कांग्रेस

आजादको ट्विटमा कांग्रेसको आपत्ति

काठमाडौँ — नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका रहेका बेला उनकै दल भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले नेपालबारे गरेको ट्विटप्रति आपत्ति जनाएको छ ।

सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ’ भनी टिवट गरेका थिए ।
‘दुई देशबीच सदीयौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपाली स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ,’ कांग्रेसले सोमबार विज्ञप्तिमार्फत भनेको छ, ‘आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्छ ।’
कांग्रेसले स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकका लागि सह्य हुन नसक्ने बताएको छ ।
‘यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ कांग्रेसले भनेको छ ।

प्रकाशित : वैशाख ३१, २०७५ २०:३४

nema
Show More

Related Articles

Back to top button