समाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाज टिकापुरले मनायो वीपी स्मृति दिवस

टिकापुर÷ वीपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यालय टिकापुर कैलालीले ३७ औैँ वीपी स्मृति दिवस मनाएको छ । गत साउन ६ गते वीपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमितिका सभापति गोरबहादुर खड्काको अध्यक्षतामा वीपी स्मृति दिवस मनाइएको हो । दिवसको उपलक्षमा टिकापुर नगरपालिका वडा नंवर ५ रहेको शिवमन्दिरको प्राङगणमा रुद्धाक्षको विरुवा समेत रोपिएको वीपी विचार राष्ट्रिय समाज क्षेत्र नंवर १ का क्षेत्रीय उपसभापति नेत्रबहादुर रावलले जानकारी दिए ।
सो कार्यक्रममा वीपी विचार राष्ट्रिय समाज क्षेत्र नंवर ७ का संयोजक विरबहादुर हमाल, पूर्व महासमिति सदस्य चन्द्रसिंह भट्टराई, जंगबहादुर साउद, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी, जिवन श्रेष्ठ, गगनसिँह ठकुल्ला, वडा नंवर ५ का वडाअध्यक्ष रामशंकर डंगौरा थारु लगायतले मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन झनकराज तिमल्सिनाले गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button