समाचार

नेपाली काँगे्रसको केन्द्रीय समिति बैठक जारी

२२ साउन, काठमाडौैँ÷प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक मंगलवार आह्वान गरिएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विद्यमान समसामयिक राजनीतिक विषयका अतिरिक्त पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको छ । बैठकले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णयबारेमा छलफल गरी केही ठोस निर्णय गर्ने जनाइएको छ । साथै नेविसंघको विवाद र महाधिवेशनबारे पनि बैठकले ठोस निर्णय गर्न सक्ने जनाइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button