समाचारनेपाली कांग्रेस

कम्युनिष्ट सरकारका कारण लोकतन्त्र खतरामा ः काँगे्रस सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् ।
गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर–६ ले आज काठमाडौमा गरेको कार्यक्रममा उनले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि प्रहार गर्न सुरु गरेको बताए ।
कम्युनिष्टहरु लोकतन्त्रवादी नभएको भन्दै देउवाले लोकतन्त्रलाई बलियो बनाउन बलियो कांग्रेस आवश्यक रहेकोमा जोड दिए ।
सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको जिकीर गरे ।
उनले त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।
प्रेस स्वतन्त्रता नभए लोकतन्त्रनै बलियो नहुने उनको भनाई थियो ।
लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेसले फेरी पनि कम्युनिष्ट सरकारबिरुद्ध लड्नु पर्ने समय आएको सभापति देउवाले बताए ।
उनले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर नै आफ्नो पार्टीले राजतन्त्रको अन्त्यको लागि अगुवाई गरेको स्मरण गरे ।
कम्युनिष्ट सरकारलाई मुलुक बचाउने चिन्ता नभएको भन्दै मुलुक बचाउन फेरी पनि नेपाली कांग्रेसकै आवश्यकता रहेको बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button