समाचार

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बुधबारदेखि शुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भारतका पूर्व विदेशसचिव रहेका जयशंकर विदेशमन्त्री बनेपछि पहिलोपटक नेपाल आएका हुन ।
प्रधानमन्त्री ओलीसँग भेटमा नेपाल–भारत संयुक्त आयोगको बैठक, बैठकका केही एजेण्डा र दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको सहभागिता रहेको थियो ।

nema
Show More

Related Articles

Back to top button