breakingसमाचार

नेपालकै पहिलो अण्डरपास एक साता नवित्दै बन्द

६ भदौ, काठमाडौं । नेपालकै पहिलो कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।
आज बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीले जनाएको छ ।
आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएका छन् ।
चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो । साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो ।
सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो ।
अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button