समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित

 
काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोण गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ ।
बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
प्रधानमन्त्री ओलीको यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button