समाचार

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा विनोद कार्की निर्वाचित

१२, जेष्ठ÷नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वा्चित हुनुभएको छ । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को गयराति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी हुनुभएको हो ।
 
उहाँका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गर्नुभयो ।यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक)मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वा्चित हुनुभएको छ । यसैगरी सहसचिव (खुल्ला)मा प्रकाश दाहाल, सहसचिव (महिला)मा उर्मिला कार्की, सहसचिव (सेवा)मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयी हुनुभएको छ । कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वा्चित भइसक्नुभएको छ । नवनिर्वा्चित अध्यक्ष कार्कीले श्रमिकलाई सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा, दुर्घटना बीमा तथा मातृत्व संरक्षणका क्षेत्रमा विशेष पहल गर्ने बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button