breakingसमाचारनेपाली कांग्रेस

ओली सरकारले मुलुकलाई काण्डैकाण्डमा डुवायो ः कांग्रेस सभापति देउवा

६ असोज, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । सभापति देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे ।
नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमवार काठमाडौंमा विमोचन गर्दै देउवाले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी समेत गरे । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी दिए ।
यस्तै, सोही कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको उक्त पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा आफ्नो पार्टी आगामी निर्वाचनमा विजयी हुने बताए । साथै, कोइरालाले पार्र्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा पनि जोड दिनुभयो ।।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button