breakingसमाचारनेपाली कांग्रेस

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको कांग्रेस सहितका प्रतिपक्षी दलको निश्कर्ष

१५ बैशाख, काठमाडौ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निश्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
 
सरकारले अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण गर्ने आपराधिक कार्यको भत्सर्ना गर्दै अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको वैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव र शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ । कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन तथा टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन पनि बैठकले माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button