समाचार

वर्तमान सरकार दिशाहिन बनेको माले महासचिव मैनाली दाबी

६ असार, काठमाडौैँ÷ नेकपा मालेका महासचिव सीपी मैनालीले बर्तमान सरकार दिशाहिन बनेको आरोप लगाएका छन । सत्तारुढ नेकपामा चुलिएको विवादका कारण सरकारले पार्टीको मार्गदर्शन समेत नपाएको नेता मैनालीको तर्क छ ।
महासचिव मैनालीले सत्तारुढ पार्टीभित्रका अध्यक्षहरुमा एउटालाई सत्ता सुरक्षीत गर्ने र अर्कोलाई सत्ता हत्याउने चलखेल सुरु भएको बताए । उनले भने एउटा अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता कसरी जोगाउने भन्ने पिर छ । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जतिसक्दो छिटो सत्ता आफ्नो हातमा पार्ने दाउ छ ।
राजधानी काठमाडौैँमा रहेको एक रेडियो कार्यक्रममा कुराकानी गदै नेता मैनालीले आफ्नै कारणले सत्तारुढ पार्टी जनतामा बदनाम बन्दै गएको ठोकुवा गरे ।

nema
Show More

Related Articles

Back to top button