समाचार

एकीकृत भन्सार विन्दुको सन्चालन आजबाट

७ माघ, काठमाडौैँ÷ मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) मंगलबारबाट सञ्चालनमा आउने भएको छ । आइसिपिको आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भारतीय पक्षले निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तर आईसिपी सञ्चालनमा आउन लागेको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थियो । सम्झौताअनुसार, भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।
नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिएको छ ।

nema
Show More

Related Articles

Back to top button