समाचारविश्व

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा
वैशाख २९, मुस्ताङ । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका हुन् ।
करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका भारतीय प्रधानमन्त्री मोदी विशेष हेलिकप्टरबाट मुक्तिनाथ पुगेका थिए ।
nema
Show More

Related Articles

Back to top button