समाचार

प्रदेश १ मा प्रदेशको नामाकरण अन्योलमा

विराटनगर । सरकार गठन भएको डेढ वर्ष बितिसके पनि प्रदेश १ मा प्रदेशको नामाकरण अनिश्चित बनेको छ ।
सत्तारुढ सांसदहरुबीच नै चर्को मतभेद हुँदा नामाकरणको विषय अनिश्चित बन्दै गएको हो ।
स्थायी राजधानीको टुंगो लगाइसकेको प्रदेश नं १ सरकारले नामको विषय भने सत्तारुढ सांसदबीच तीव्र मतभेद देखिएपछि तत्कालका लागि स्थगित गरेको छ ।
नामाकरणको विषयले संसदमै पनि त्यति महत्व नपाएका कारण यो विषय टुंगिन नसकेको बताइएको छ ।
संसदमा दुईतिहाइ सहितको नेकपाको बहुमत भए पनि सरकारले प्राथमिकतामा राखेर छलफल अगाडी बढाएको छैन ।
जनजाती समुदायका सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने अडान राखेका छन् भने विभिन्न जातीय संगठनहरूले पनि त्यसमा दबाब दिइरहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button