समाचार

साउदीमा ऐतिहासिक कदम, पहिलो पटक महिलाले पाए सवारी चालक अनुमतिपत्र ।

काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र लिएका छन ।
सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएसंग साउदी अरवमा नयाँ इतिहास रचिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो ।
अब यही जुन २४ देखि साउदी अरममा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।
सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button