समाचार

सरकार सर्वसत्तावाद लागु गर्न उद्धत रहेको कमल थापाको आरोप

१० जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् ।
सरकार विपक्षीहरु असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए । राष्ट्रियताको पक्षमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका पैदा भएको बताए ।
बिहीबार राजधानीमा आयोजित एक राप्रपा अध्यक्ष थापाले निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास खोजिन लागेको आरोप लगाए ।
आवरण भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने उनको दाबी छ । अब मिडिया पनि निशानामा पर्न सक्ने उनको आशंका छ ।
संविधानलाई स्वागत नगरेको नाकाबन्दी लगाएको भारतका प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने तर, नागरिक अभिनन्दन गर्न नहुने पूर्वउपप्रधानमन्त्री थापाले धारणा राखे ।

nema
Show More

Related Articles

Back to top button