breakingसमाचारसंस्था गतिबिधी

बीपीको विचार नेपाली कांग्रेसभित्र ओझेलमा प¥योः गोविन्दराज जोशी

काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले काँगे्रसभित्र राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ओझेलमा पदै गएको बताउनुभएको छ । बीपी विचार राष्ट्रिय समाजको काठमाडौैँमा भएको सातौ बार्षिक साधारण सभामा स्वागत मन्तब्य तथा बार्षिक साधारणसभाकाको उदेश्यबारे प्रकाश पादै उहाँले बीपीले अपनाएको सिद्धान्त अनुसार नेपाली काँगे्रस हिडन नसकेको दाबी गर्नुभयो ।
कार्यक्रममा बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले जननायक बीपी कोइरालाले आफ्नो मृत्यु पश्चात पार्टीमा सुकिला मुकिलाहरुको बोलबाला हुने बताएको कुरा सत्य सावित भएको बताउनुभएको थियो ।
समाजको जेठ १७ र १८ गते काठमाडौैँमा भएको सातौैँ बार्षिक साधारणसभाको समापन कार्यक्रममा बोल्दै उहाँले काँगे्रसभित्र बीपीको विचारलाई आत्मसाथ गर्ने कार्यकर्ताहरु बढ्दै गएको ठोकुवा गर्नुभयो ।
कार्यक्रममा समाजका महासचिव विनयध्वज चन्दले महासचिवको प्रतिवेदन वाचन गर्नुभएको थियो । साधारण सभामा संस्थाकी कोषाध्यक्ष गिता रेग्मीले कोषाध्यक्षको प्रतिवेदन बाचन गर्नुभएको थियो ।
बार्षिक साधारणसभामा नेपाली काँगे्रसका नेता एवं पूर्बसभामुख तारानाथ रानाभाट, बीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य एवं नेपाली काँगे्रसका नेता लोकेश ढकाल, राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी, बीपी बिचार राष्ट्रिय समाजका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशसभाका पदाधिकारीहरु, लगायत ७७ वटै जिल्लाका प्रतिनिधिहरुले आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय उपमहासचिव रामबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=jg7PzoFGoWM&feature=youtu.be
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button